site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न सर्वोच्चको अन्तरिम आदेश 
SkywellSkywell

काठमाडौं । सर्वोच्च अदालतले सुन व्यवसायी संघ/महासंघकोे सिन्डिकेट रोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय डा. नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले वाणिज्य बैंकहरूबाट आयात गरेर बिक्री गर्ने संघको सिन्डिकेट हटाउन आदेश दिएको हो । 

सुनचाँदी व्यवसायीसँग सम्बद्ध संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट गरेको भन्दै ऋद्धिशिद्धि ज्वेलर्सका तर्फबाट दायर रिटमा सर्वोच्च अदालतले व्यवसायीले संघ/मासंघमा आवद्ध नभए पनि वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश दिएको छ । रिद्धिशिद्धिका तर्फबाट सागर ढुंगानाले रिट दायर गरेका थिए । 

KFC Island Ad
NIC Asia

“यसमा, व्यवसायीहरूको संघ/संगठनमा आवद्ध सुनको कारोबार गर्ने अनुमति प्राप्त व्यवसायीहरूले मात्र सुन खरिद गर्न पाउने व्यवस्था गर्दा त्यस्तो संघ संगठनमा आवद्ध नभएका व्यवसायीले सुन खरिद गर्न नपाई पेसा व्यवसाय सञ्चालन गर्न पाउने संविधानप्रदत्त मौलिक हकमा आघात पुग्न जाने अवस्था देखिएको छ,” सर्वोच्चको अन्तरिम आदेशमा उल्लेख छ । 

अब निवेदकलाई नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री/वितरण सम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको अवस्थामा व्यवसायीहरूका संघ/ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न रोक्न पाइने छैन । 

Royal Enfield Island Ad

यसअघि नेपाल सुनचाँदी व्यवसायी महासंघ अथवा नेपाल रत्न तथा आभूषण संघमा आबद्ध व्यवसायीले मात्रै सुन खरिद गरेर बिक्री गर्नसक्ने कानुनी व्यवस्था थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro