site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गरुड सेक्युरिटिज सामाजिक सुरक्षा कोषबाट लगातार तेस्रोपटक सम्मानित

काठमाडौं । गरुड ग्रुप अफ कम्पनिजअन्तर्गतका दुई कम्पनी सामाजिक सुरक्षा कोष (एसएसएफ)बाट सम्मानित भएका छन् ।

सातौं सामाजिक सुरक्षा दिवस, २०८१ को अवसरमा नेपाल स्तरीय औद्योगिक क्षेत्र वर्गीकरणअन्तर्गत प्रशासनिक तथा सहयोगी सेवा सम्बन्धी क्षेत्रबाट सबैभन्दा बढी रकम योगदान गर्ने र योगदानकर्ता जोड्ने कम्पनीका रुपमा सम्मानित भएका हुन् ।

ग्रुप अन्तर्गतको गरुड सेक्युरिटी आउट सोर्सिङतर्फ सबैभन्दा धेरै योगदानकर्ता जोड्ने कम्पनीका रुपमा सम्मानित भएको हो । गरुड सेक्युरिटीजले एसएसएफबाट यो सम्मान निरन्तर तेस्रो वर्ष प्राप्त गरेको हो । यसले आफ्ना कर्मचारीको सुविधा तथा सुरक्षाप्रतिको प्रतिवद्धतालाई झल्काएको कम्पनीको भनाइ छ ।

WhatsApp-Image-2024-11-27-at-11.56.01-AM-(1)-1732688580.jpeg
ग्रुपको अर्काे कम्पनी गरुड सर्पोट सर्भिसेसले आउट सोर्सिङतर्फ सबैभन्दा धेरै रकम योगदान गर्ने कम्पनीको सम्मान पाएको हो ।

सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरुड सेक्युरिटिजका प्रबन्ध निर्देशक सबलचन्द्र शाहलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

सन् २००५ देखि सेवा दिन थालेको गरुड ग्रुपअन्तर्गतका कम्पनीले सुरक्षा गार्ड, सवारी चालक, सफाई, प्राविधिक सर्पोटलगायत क्षेत्रमा दोस्रो कम्पनीलाई कामदार उपलब्ध गराउँदै आएको छ ।

WhatsApp-Image-2024-11-27-at-11.15.18-AM-1732688623.jpeg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro