site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारसँग सहकारीका कागजात मागेर छानबिन थाल्ने संसदीय समितिको निर्णय
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सरकारी निकायसँग छलफल गर्ने निर्णय गरेको छ । आइतबार बसेको समितिको बैठकले सचिवालयले तयार पारेको कार्यविधिको मस्यौदालाई छलफल तथा परिमार्जनसहित अघि बढाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा समितिका सदस्य शिशिर खनालले आगामी मंगलबार बस्ने बैठकमा सहकारी मन्त्रालयका पदाधिकारीसहित सहकारी क्षेत्रका अन्य सरकारी निकायसँग छलफल गरिने जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“आज टीओआर निर्माणका सदस्यहरूसँग छलफल गर्‍यौँ,” उनले भने, “मंगलबार सहकारी मन्त्रालयसँग छलफल हुन्छ ।”

बैठकमा सहभागी नेपाली कांग्रेसकी सांसद तथा समिति सदस्य ईश्वरीदेवी न्यौपानेले पनि समितिले मंगलबारदेखि कागजात मागेर मुख्य काम थाल्ने बताइन् ।

Global Ime bank

“मंगलबारको छलफलबाट सहकारी मन्त्रालय तथा अन्य विभागबाट आवश्यक कागजात झिकाउने र समितिले द्रूत गतिमा काम अघि बढाउने निर्णयमा हामी पुगेका छौँ,” उनले भनिन् । 

समितिले सहकारी मन्त्रालयसँग सुप्रिम, सूर्यदर्शन, साना पाइलालगायतका सहकारीको कागजात माग्ने तयारी गरेको छ । यस्तै, अनुसूचीमै लेखिएअनुसार समस्याग्रस्तसहित अन्य सहकारीको पनि कागजात झिकाउने समितिको तयारी छ । 

“पहिला सबैको डकुमेन्ट माग्ने र अध्ययन गर्ने हाम्रो निर्णय भयो,” न्यौपानेले भनिन् । 

समितिका सदस्य खनालका अनुसार सहकारी समस्या अध्ययन गर्न यसअघि बनेका अन्य सबै समितिको कागजातसमते मागेर अध्ययन गर्ने निर्णय बैठकले गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement