site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेटौँडा–१२ : उमेदवार प्रचारमा व्यस्त
Tiktok banner adTiktok banner ad

वाग्मती । हेटौँडा उपमहानगरपालिका–१२ मा यही मंसिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उमेदवारहरू घरदैलोमा जुटेका छन् । 

चुनावी मैदानमा उत्रिएका सबै उमेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । सबै उमेदवारले वडामाका समस्या समाधान गरी विकास–निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् । 

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त छ । रिक्त वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको छ ।  

हेटौँडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राजेश नगरकोटी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले रविन प्रधानलाई उमेदवार बनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि ठूला दललाई चुनौती दिँदै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

रास्वपाले आशावीर बल, एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा छन् । सो वडामा उपनिर्वाचनका लागि नौ दलका नौ जना र स्वतन्त्र तीनजना गरी १२ जना उमेदवार चुनावी मैदानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 
मुख्य दलबीच नै प्रतिष्पर्धा हुने 

गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मुख्य तीन दलबीच तीव्र प्रतिस्पर्धा भएकामा अहिले पनि कडा प्रतिस्पर्धा हुनेछ ।  माओवादी केन्द्रलाई आफ्नो पुरानो साख जोगाउने चुनौती छ भने एमाले र कांग्रेसलाई पनि यो वडा प्रतिष्ठाको विषय बनेको छ । 

गत २०७९ वैशाखमा सम्पन्न निर्वाचनमा माओवादी केन्द्रका ललितबहादुर घलानले एक हजार ३७१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुन तिवारीले एक हजार ३४० मत ल्याउँदा एमालेका राजेश नगरकोटीले एक हजार ३२५ मत ल्याएका थिए ।  

माओवादी केन्द्रबाट नयाँ उमेदवार हुँदा कांग्रेस र एमालेले पुरानै उमेदवारलाई मैदानमा उतारेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro