site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजाज पल्सर एन १५० नेपाली बजारमा

काठमाडौं । बजाज मोटरसाइकलका निम्ति नेपालको एक मात्र आधिकारिक विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ । यो मोटरसाइकल भारतमा एक वर्षअघि नै लन्च गरिएको थियो ।

यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पफर्मेन्स दुवैका लागि उपयुक्त छ । यसले युवापुस्तालाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । यसअघि नै बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा लन्च गरिसकेको छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपालमा लन्च भएदेखि नै पल्सरले मोटरसाइकल क्षेत्रमा नयाँँ मापदण्ड सेट गर्दै आएको बताए । उनले ७० भन्दा बढी देशमा पल्सर सर्वाधिक रुचाइएको ब्रान्ड बन्न सफल भएको उल्लेख गरे । पल्सर एन १५० लन्च गरेर नेपालका बजाजप्रेमीलाई अर्को उपहार ल्याएको उनको भनाइ थियो ।

पल्सर एन १५० मा आकर्षक फिचर भनेको ब्लुटुथ कनेक्टिभिटीसहितको कल तथा एसएमएस अलर्ट हो । यूएसबी चार्जिङ पोर्ट पनि यो मोटरसाइकलमा उपलब्ध छ । यसको फ्युल इन्जेक्सन सिस्टम र बीएस ६ ले यो बाइकलाई झनै इफिसियन्ट बनाउने कम्पनीले जनाएको छ ।

पल्सर एन १५० एरोडायनामिक थ्रीडी फ्रन्टसहितको स्लिक डिजाइनमा उपलब्ध छ । यसको मस्कुलर डायनामिक ट्यांकी, पातलो वेस्ट भाग र सिंगल फ्याट सिटले यसको लुकलाई आकर्षक बनाएको छ ।

शक्तिशाली र स्मुथ १४९.६८ सीसी इन्जिनले सुसज्जित पल्सर एन १५० ले १४.५ पीएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्छ । यसले ४८ किमिको प्रभावशाली माइलेज पनि दिने कम्पनीले जनाएको छ ।

सुरक्षित राइडलाई लक्षित गर्दै पल्सर एन १५० मा एलईडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युबलेस अलोय ह्वील पनि राखिएको छ । सुरक्षालाई झनै बलियो बनाउन यसमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको छ ।

बजाज एन १५० मा डिजिटल स्पीडोमिटर, ट्याकोमिटर, ट्रिपमिटर र ओडोमिटरसहित धेरै एड्भान्सड फिचर छन् । यसमा यूएसबी चार्जिङसहित घडी र डिस्ट्यान्स्स–टु–एम्प्टी इन्डिकेटकर पनि उपलब्ध छ । यो बाइकमा ‘क्याट’ नोटिफिकेसन र हाइड कनेक्ट एप समेत उपलब्ध हुन्छ ।

यस्तै, बाइकमा सिंगल ट्युब्युलर ह्यान्डल र प्यासेन्जर फुटरेस्टको सुविधा छ ।

मात्र १४५ केजीको कर्ब वेट भएको पल्सर एन १५० चलाउन निकै आरामदायी हुनेछ । यसमा रहेको १४ लिटरको फिउल ट्यांकीले बारम्बार पेट्रोल भर्नुपर्ने समस्याबाट छुटकारा दिनेछ । बाइकको ब्रेकिङ सिस्टममा २६० एमएम फ्रन्ट डिस्क ब्रेक र १३० एमएम रियर ड्रम ब्रेक समावेश छ ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १४:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro