site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्य एकैदिन १६ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले वृद्धि भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदी प्रतितोला २० रुपैयाँ बढेर एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro