site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपालका हरि बूढा बेलायती राजाको ‘बर्थडे अनर्स लिस्ट’ मा  

लण्डन ।  नेपालका हरि बुढा मगर बेलायतका राजा चाल्र्स तृतीयको बर्थडे अनर्स लिस्ट २०२४मा पर्न सफल भएका छन् ।  बेलायती राजाको जन्म दिन जुन १५ तारेखमा हो । 

बेलायती मन्त्रिपरिषदको शुक्रबारको बैठकले नेपालका मगरसहित १०७८ जनाको नाम सहितको सूची जुन १४ तारेखमा प्रकाशित गरेको थियो । सो सूचीमा मगरको नाम ४१२ नम्बरमा उल्लेखित छ । 

दुवै खुट्टा नभएका मगर नेपालको रोल्पा जिल्लाको मुराल गाउँका  हुन् ।  पूर्व ब्रिटिश गोर्खा रहेका उनले अफगानिस्तानमा युद्धका क्रममा दुवै खुट्टा गुमाएका थिए ।  सन् २०१०मा अफगानिस्तानमा उनी प्याट्रोलमा रहेको बेलामा विस्फोटक पदार्थ विस्फोट हुँदा दुवै खुट्टा  गुमाएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनी १९ वर्षको उमेरमा ब्रिटिश आर्मीमा भर्ना भएका थिए ।  ४५ वर्षीय मगरले दुवै खुट्टा नभएका व्यक्ति सगरमाथा आरोहणको रेकर्ड पनि बनाएका छन् । उनले २०२३मा सगरमाथाको सफल आरोहण गरेका थिए । 

कुनै कुरामा सफलता पाउन चाहनु हुन्छ भन्ने केही पनि असम्भव छैन भन्ने भनाइका प्रतीकका रुपमा हरिबहादुरलाई लिने गरिएको छ ।  उनी पोजिटिभ थट मुभमेन्टका ग्लोबल गुडविल एम्बेसेडर पनि हुन् । 

Global Ime bank

त्यसैगरी उनी गोर्खा वेलफेयर ट्रष्टका पनि एम्बेसेडर हुन् । उनले ६ हजार मिटर माथिको मेरा पिक (६,४७६मिटर) तथा मोन्ट ब्ल्यान्क (४,८१० मिटर), माउन्ट चुलु फार इस्ट (६,०५९मिटर) र माउन्ट किलिमान्जरो (५,८९५ मिटर) समेत सफल आरोहण गरेका छन् । 

बेलायतका राजाकोे बर्थ डे अनर सूचीमा असाधारण योगदान गरेका बेलायतमा विभिन्न सेवामा रहेका मानिसहरुलाई राख्ने गरिएको छ ।  उनले अपांगता भएका व्यक्तिका सहयोग सम्बन्धी च्यारिटीका लागि करिब ८ लाख पाउण्ड रकम जम्मा गरेका छन् । 

पछिल्लो अनरबाट आफू ज्यादै खुसी भएको उनले बताएका छन् ।  आफू नेपालमा जन्मेको बेलामा अपांगता भएका मानिसलाई पृथ्वीका भारका रुपमा लिने गरिएको उल्लेख गर्दै अपांगतालाई पूर्वजन्मको पाप पनि भन्ने गरिएको जनाएका छन् । 

तर आफूले त्यसबारेमा सचेतना फैलाउन खोजेको र अपांगता भएका मानिसलाई उनीहरुको आफ्नै हिमाल जेसुकै होस् चढ्नका लागि उत्प्रेरित गर्न चाहेको सार्वजनिक प्रतिक्रिया दिएका  छन् ।  सो सूचीका लागि बेलायतमा विभिन्न योगदान गर्ने व्यक्तिलाई  प्रधानमन्त्री तथा अन्य वरिष्ठ मन्त्रीले सिफारिस गर्ने गर्दछन् ।  (एजेन्सी)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement