site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र कुण्ठित : सांसद पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आन्तरिक व्यवस्थाको सन्दर्भमा अरूसँग तुलना गर्दा कांग्रेस बढी लोकतान्त्रिक रहेको उनले जिकिर गरे । उनले नयाँ राजनीतिक दल आन्तरिक लोकतन्त्रको अभ्यास नै नगर्ने गरी आएको टिप्पणी गरे । नयाँ राजनीतिक दलमा पार्टीको नेतृत्वले गल्ती गरे पनि केही बोल्न नसक्ने अवस्था रहेको उनको भनाइ थियो ।

“...नयाँ आएको राजनीतिक पार्टीमा त्यो पार्टीको नेतृत्वले गल्ती गरे तैँले गल्ती गरिस् भनेर भन्ने आँट कसैको पनि हुँदो रहेन छ,” उनले भने ।

सम्पूर्ण रूपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पन्जाभित्र नयाँ पार्टी रहेको उनले बताए । नेतृत्वले नियन्त्रण गरेको पार्टी कांग्रेस हुन नहुनेमा उनले जोड दिए । आन्तरिक व्यवस्थाभित्र विधि बलियो हुने गरी पार्टीलाई अघि बढाउनुपर्ने उनले उल्लेख गरे ।

सांसद पौडेलले कांग्रेसले सुशासनका बारेमा स्पष्ट दृष्टिकोण दिन सक्नुपर्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro