site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोसी पर्यटन वर्ष–२०८२ मनाउने घोषणा
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेश सरकारले वि.सं. २०८२ साललाई पर्यटन वर्ष मनाउने घोषणा गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै पर्यटन विकास र पर्यटक आकर्षक गर्न पर्यटन वर्ष मनाउने घोषणा गरे । समग्र पर्यटन विकास र प्रचार गर्दै भारतीय तथा तेस्रो देशका पर्यटक आकर्षित गर्ने उद्देश्यसहित पर्यटन वर्ष मनाउने घोषणा गरिएको हो ।

स्थानीय तथा प्रादेशिक आय बढाउन कार्यक्रम गरिने र यसका निम्ति १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

महाकुम्भ मेलास्थल चतरालाई कुम्भनगरी निर्माण गर्ने, राधाकृष्ण रथयात्राका लागि बजेट विनियोजन गरिएको उनले जानकारी गराए ।

पदमार्ग र घरबास कार्यक्रमलाई समेत बढावा दिने मन्त्री मगरले घोषणा गरे ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro