site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोसीमा पाँच वर्षमा ५२८ किमि कालोपत्र सडक

विराटनगर । कोसी प्रदेशमा हालसम्म पाँच बजेट कार्यान्वयन भएको छ । यो अवधिमा कोसी सरकारले ५२८ किलोमिटर बहुवर्षीय सडक कालोपत्र गरेको जनाइएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पूर्वाधार निर्माणमा सरकारले उल्लेखनीय उपलब्धि हासिल गरेको जिकिर गरे ।

यो अवधिमा कोसी सरकारले एक हजार २९७ किमि सडक ग्राभेल गरेको उनले बताए । चार हजार किमि सडक निर्माण तथा स्तरोन्नति र ७८ प्रादेशिकमध्ये २२ सडक सम्पन्न भएको उनले सुनाए ।

कोसी प्रदेशमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७८/०७९ मा ८९ प्रतिशत पुँजीगत खर्च भएको उनले जानकारी गराए । सरकारबाट हालसम्म ३३ सरकारी, १०५ सामुदायिक भवन, ११ भ्युटावर, जनता आवासबाट पाँच हजार परिवारको आवासको प्रबन्ध भएको उनले बताए ।

पाँच वर्षमा सरकारले कृषि उद्यमीलाई चार अर्ब ९३ करोड रुपैयाँ अनुदान दिएको उनले जानकारी गराए ।

यो अविधमा ६२ ऐन र ६४ नियामवली तर्जमा भएको छ । सरकारले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म कुल ४३ प्रतिशत खर्च गरेको उनले बताए ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro