site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा कौडा खेलिरहेका २२ जना पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंमा कौडा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित कमला पौडेलको जस्ताको टहरामा जुवा (कौडा) खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौंको कपनमा बस्दै आएका नुवाकोटको शिवपुरी गाउँपालिका–१ का ४० वर्षीय बेलकुमार खड्का समेत २२ जना छन् । शुक्रबार (हिजो) राति उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नगद तीन लाख ६६ हजार ३८५ रुपैयाँ र आठथान कौडासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro