देश
ढोरपाटन । बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुंगे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुंगे निर्माण भएका हुन् ।
झोलुंगे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् । जिल्लाका १० पालिकामा प्रदेश र स्थानीय तहको लगानीमा झोलुंगे पुल निर्माण भएका हुन् ।
पूर्वधार विकास कार्यालय बागलुङका इञ्जिनियर गोपाल चापागाईंले यस वर्षभन्दा अघिल्लो वर्ष धेरै पुल निर्माण भएको जानकारी दिए । रासस
प्रकाशित मिति: शनिबार, असार १, २०८१ १०:२९
प्रतिक्रिया दिनुहोस्