खेल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध पहिला बलिङ पावर प्लेमा नेपालले मध्यम सुरुआत गरेको छ ।
शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालले ६ ओभरमा एक विकेट लिएर ३८ रन खर्चिएको छ ।
नेपालका दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाका क्विन्टन डी ककलाई पभेलियन फर्काएका थिए ।
सुपर–८ को सम्भावना कायम राख्न नेपाललाई आज जितको दबाब छ । समूह ‘डी’ मा नेपाल तीन खेलबाट एक अंकसहित नेपाल तालिकाको चौथो स्थानमा छ ।
समान खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान निश्चित गरिसकेको छ ।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ ०५:४७
प्रतिक्रिया दिनुहोस्