विदेश
ब्यांकक । थाइल्यान्डको एउटा हात्तीले जुम्ल्याहा बच्चा पाएको छ । हात्तीको हेरचाह गर्नेले यसलाई 'चमत्कार'को संज्ञा दिएका छन् । ३६ वर्षीया आमा चमचुरीले जुम्ल्याहा बच्चा पाउने अपेक्षा गरिएको थिएन ।
उनले गएको शुक्रबार एक बच्चालाई जन्म दिएपछि जन्मने प्रक्रिया सकिएको ठानिएको थियो ।
तर, पहिलो जन्मिएर आफ्नै खुट्टामा टेक्न थालेपछि चमचुरीले दोस्रो बच्चा पनि जन्माइन् । पहिलो भाले र पोथी हात्ती थिए ।
हात्तीको जन्ममा जुम्ल्याहा करिब १ प्रतिशतमात्रै हुने र दुवै लिंगका त झन् निकै दुर्वभमात्रै हुने हात्तीसम्बन्धी संस्थाका अनुसन्धाताले बताएका छन् ।
बीबीसीबाट ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ १५:४५
प्रतिक्रिया दिनुहोस्