विदेश
बेइजिङ । चीनमा एक ख्यातिप्राप्त 'मी टू' अभियन्ता तथा पत्रकारलाई ‘राज्यविरुद्धको विद्रोह’को नाममा पाँच वर्षको जेल सजाय तोकिएको छ । सोफिया ह्वाङ छेकिनलाई शुक्रबार करिब १० महिनाको अभियोजनपछि जेल पठाइएको हो ।
उनीसँगै श्रमिकसम्बन्धी अभियन्ता वाङ जियानविङलाई तीन वर्ष ६ महिनाको जेल सजाय तोकिएको छ ।
३६ वर्षीया ह्वाङ चीनको 'मी टू' अभियानमा उल्लेख्य भूमिका खेल्ने व्यक्ति हुन् । उनले यौन ज्यादतिका पीडितहरूबारे थुप्रै सामग्री रिपोर्टिङ गरेकी थिइन् ।
उनले चिनियाँ समाचार कक्षमा कसरी महिलालाई घृणा र यौनजन्य दुर्व्यवहार गरिन्छ भनेरसमेत आवाज उठाएकी थिइन् । उनीहरू दुवै जनाको अभियोजन कार्य अदालतको बन्द सेसनमा चलेको थियो ।
बीबीसीबाट ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ १३:२०
प्रतिक्रिया दिनुहोस्