site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसलाई ओलीको प्रश्न– देशका लागि सिन्को भाँच्या छ ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देशको नाममा कुनै काम नगरेको टिप्पणी गरेका छन् । बिहीबार पार्टीको भक्तपुर जिल्ला कमिटीको कार्यक्रममा ओलीले कांग्रेसले देशका लागि केही गर्न नसकेको आरोप लगाएका हुन् ।

“एउटा सिन्को भाँच्या छ ? कति वर्ष सरकारमा बस्यो,  देशका  लागि ? कांग्रेसले देशका लागि गर्‍यो के भन्दा केही पनि छैन,” उनले भने ।

अहिले गिरीबन्धु टी स्टेटमा आफूलाई जोडेर भ्रम फैलाउने काम भएको ओलीको भनाइ छ ।‍ उनले कानुन बनाएपछि एमालेलाई आरोप लगाइएको दाबी गरे ।

“गिरीबन्धु टी स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानुन बनायौँ, कानुन बनाएपछि बेचेर खान नपाइने भयो भनेर स्याल हुइँय्या मच्याएका छन् । केपी ओलीले यो गयो त्यो गर्‍यो भनेर,” ओलीले भने ।

वैचारिक संघर्ष गर्न नसक्ने भएपछि बदनाम गराउने काम भएको उनको जिकिर छ । 

उनले कांग्रेसले भूकम्प गएको बेला केही नगरेको पनि आरोप लगाए । एमालेले एक महिनासम्म दिनमा ३० हजार स्वयंसेवक एक महिनासम्म खटाएको उनले बताए । उनले कांग्रेसले काम नगर्ने र धेरै बोल्ने गरेको आरोप लगाए । 

“मलाई थाहा छैन, हात छ कि छैन । थुतोनो मात्रै ट्याउँट्याउँ,” उनले भने, “यिनीहरूलाई गाली गर्न आउँछ । भ्रम फिजाउन आउँछ । तर, काम गर्न आउँदैन । कांग्रेस भेटियो भने हेर्नुपर्ला, खोइ देखाऊ त हात छ कि छैन ?”

त्यति भनिसकेपछि ओलीले कांग्रेसलाई गाली नगरेको भएर झुट नबोल्न सम्झाएको बताए । उनले स्वच्छ प्रतिष्पर्धामा आउन पनि चुनौती दिए । कांग्रेसले मान्छे मारेर, घाइते बनाएर चुनाव जितेको उनको आरोप छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro