site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जी–७ बैठक सुरु हुँदै, के–के छन् एजेन्डा ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

रोम । जी–७ राष्ट्रहरूको तीन दिने शिखर सम्मेलन आज (बिहीबार)बाट इटालीको अपुलियामा सुरु हुँदै छ । मुख्य एजेन्डा रसियाको विलियन्स डलरको सम्पति सिज गरेर युक्रेनको लागि जुटाउने रहेको छ । 

त्यस्तै, गाजा क्षेत्रको समस्या, आप्रवासन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका विषय पनि रहेको जनाइएको छ । 

KFC Island Ad
NIC Asia

जी–७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका समेत सात सदस्य छन् । यसअघि रसिया समेत जी–८ रहेकोमा क्राइमियालाई अपदस्थ गरेपछि उसको सदस्यता निलम्बन गरिएको थियो । अहिले इटाली जी–७ को अध्यक्ष रहेको छ । 

विश्वव्यापी कुल गार्हस्थ उत्पादन (जीडीपी)को ३० प्रतिशत जी–७ राष्ट्रले ओगटेका छन् । अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेइ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अतिथिका रूपमा यससटक निमन्त्रणा गरिएको छ । 

पोपको चिन्ता
इसाई धार्मिक गुरु ८७ वर्षीय पोप फ्रान्सिस पनि पहिलोपटक सहभागी हुँदै छन् । उनको चिन्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा पाइएको छ  । पहिला उनले एआईका लागि विश्वव्यापी नियामक निकाय बनाउनुपर्ने जनाएका थिए । नैतिकता र मानवअधिकारका हिसाबले एआई खतरा रहेको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro