site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले रुग्ण उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्छ : सांसद बडू
फाइल तस्बिर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले रुग्ण उद्योग सञ्चालनमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद बडूले सो आग्रह गरेका हुन् । 

आफूले उद्योग मन्त्रालयको नेतृत्व लिएको बेला रुग्ण उद्योग सञ्चालनका लागि तयार पारिएको प्रस्ताव अर्थ मन्त्रालयको निजीकरण समितिमा पुर्‍याएको उल्लेख गर्दै उनले त्यसैलाई आधार बनाएर सरकारले विराटनगर जुटमिल, जनकपुर चुरोट कारखानालगायतका रुग्ण उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए । 

“सरकार बदलिए पनि अघिल्लो सरकारले कुनै पनि एउटा क्षेत्रमा के काम गरेको छ भनेर हेर्ने विधि बसाल्नु पर्‍यो । रुग्ण उद्योग सञ्चालन गर्न चाहेको हो भने त्यतातिर ध्यान केन्द्रित गर्नुपर्‍यो । त्यसमा आफ्ना समग्र प्रसासहरू केन्द्रित गर्नुपर्छ,” उनले भने । 

रुग्ण उद्योगहरूको तथ्यांक संकलनका लागि छुट्टै पुस्तिका तयार पारी सार्वजनिक गर्ने काम आवश्यक नभएकाले सरकारले त्यस्तो काममा बजेट खर्च गर्न नहुने उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro