site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
SkywellSkywell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति भियोला एमहर्डबीच भेटवार्ता भएको छ । स्वीट्जरल्यान्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन गएका राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो । 

भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताएका छन् ।

Dabur Nepal
NIC Asia

“सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयत्नशील छ, यसलाई सतत्, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक छ । यस ऐतिहासिक विकास लक्ष्य हासिल गर्न हामीलाई धेरै स्रोतसाधन, प्रविधि, लगानी तथा आार्थिक सहकार्यको आवश्यकता छ,” राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भ्रमण दलमा सहभागी राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

स्वीट्जरल्यान्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरू सहयोग गर्न तयार रहेको बताएकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  २२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu