site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध, बाँकी पदमा को छन् प्रतिस्पर्धामा ?

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेकको पदका लागि निर्वाचन हुँदै छ । चुनावी प्रतिस्पर्धाका लागि उमेदवारी दर्ताको सूची सार्वजनिक भएको छ ।

महाधिवेशनअन्तर्गतको निर्वाचन समितिले अध्यक्षमा उपेन्द्र यादवको एकल उमेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । एउटा सहअध्यक्ष पदका लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उमेदवारी दिएका छन् ।

Dabur Nepal
NIC Asia

यस्तै, पाँचजना उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाको उमेदवारी परेको छ । पुरुषतर्फ मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङ देन्डी शेर्पा, विद्युत् बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापा मगर, सरोजकुमार यादव, मोहमद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामबचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरी उमेदवार छन् ।

महिलातर्फ रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापाको उमेदवारी परेको छ ।

दुईजना महासचिवका लागि बोमबहादुर दरलामी मगर (आदिवासी), रामकुमार शर्मा, विजय कुमार, दीपक कार्की, मनिषकुमार सुमन र अशोककुमार यादवको उमेदवारी परेको छ ।

सहमहासचिवमा खुलातर्फ डा. सुरेन्द्रकुमार यादव, रामबाबु प्रसाद यादव, रामकिशोर प्रसाद यादव, राजकुमार राई, योगेन्द्र राई यादव, शैलेन्द्रप्रसाद साह, सुरेशकुमार मण्डल, डा. जय प्रकाश राई यादव र जयराम यादव तथा महिलातर्फ सीताकुमारी यादव, विनिताकुमारी यादव र निर्मला यादव उमेदवार छन् ।

कोषाध्यक्षमा रेणुकुमारी यादव, बलराम महतो र सञ्जयकुमार यादवको उमेदवारी परेको छ । यस्तै, सचिवमा ३४ जनाले उमेदवारी दिएका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro