राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच बुधबार अपराह्न सिंहदरबारमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारी र संसद्मा सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेका बेला दुई नेताबीच भेट भएको हो ।
भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको प्रतिक्रिया दिए । अध्यक्ष ओलीले बजेटमा देखिएको कमी हटाउन पनि प्रधानमन्त्रीसँग आफूले कुरा गरिरहेको बताउँदै आएका थिए । ओलीले भने, "भेट राम्रो भयो ।"
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१ १८:४३
प्रतिक्रिया दिनुहोस्