site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निलम्बित न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय
भुवन गिरी । फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको सोमबार (हिजो)को इजलासले उनलाई तीन लाख रुपैयाँ जरिवानाको फैसला समेत गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

“सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना । त्यो जरिवानालाई क्षतिपूर्तिको रूपमा पीडितले पाउने फैसला भएको छ,” शर्माले बाह्रखरीसित भने ।

Dabur Nepal
NIC Asia

यही जेठ १३ गते न्यायाधीश भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । सजाय निर्धारणका निम्ति जेठ २८ गते (सोमबार)लाई पेसी तोकिएको थियो ।

कपिलवस्तु जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि गिरीलाई निलम्बन गरी थुनामा राखिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro