खेल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतविरुद्ध पाकिस्तानले कप्तान बाबर आजमलाई पहिलो विकेटको रुपमा गुमाएको छ ।
आइतबार न्यूयोर्कमा भारतले दिएको १२० रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले कप्तान आजमलाई ओभरमा ४.४ लाई १३ रनमा गुमाएको हो । आजमलाई भारतका जसप्रित बुमराहले सूर्यकुमार यादवमार्फत क्याच गराए ।
जारी खेलको पाँच ओभर सकिँदा पाकिस्तानले एक विकेट गुमाएर २६ रन बनाएको छ ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले १९ ओभरमा सबै विकेट गुमाएर ११९ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१ ००:०८
प्रतिक्रिया दिनुहोस्