site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईडीएको बैठक नेपालमा हुने
SkywellSkywell

काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)को २१औँ बैठक नेपालमा हुने भएको छ । आउँदो असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् ।

आईडीएको २१औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका निम्ति नेपाल रोजेको हो ।

नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो बैठक भएको अर्थ मन्त्रालयले जनाएको छ ।

Dabur Nepal
NIC Asia

उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । बैठक व्यवस्थापनका निम्ति अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख एवं सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ ।

विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोस्रो वरीयताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, नौ उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदै छन् । यस्तै, विश्व बैंकका निम्ति दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३०० बढी प्रतिनिधि बैठकमा सहभागी हुने सहसचिव नेपालले जानकारी दिए ।

सन् १९६० मा स्थापित आईडीए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकलाई बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो । आईडीएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ ।

आईडीएको बैठक हरेक तीन वर्षमा गरिन्छ । योपटक बैठकको प्रमुख एजेन्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ । सहसचिव नेपालले यो स्तरको बैठकस्थलका निम्ति नेपाल छानिनु खुसीको विषय भएको बताए ।

साझेदारसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरूका सकारात्मक पक्ष र चुनौतीबारे विश्वसमुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्त्वपूर्ण हुने उनले उल्लेख गरे । कार्यक्रमबाट नेपाललाई कूटनीतिक लाभ समेत मिल्ने विश्वास सरकारले लिएको छ ।

आउँदा तीन वर्ष आईडीएले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न स्रोतको सीमालगायत विषयमा बैठकमा छलफल गरिनेछ । बैठकपछि अध्यक्ष बंगासहित उच्च अधिकारी काठमाडौं उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न नौ आयोजनाको स्थलगत निरीक्षणमा जाने तयारी छ ।

विश्व बैंकले संखुवासभामा निर्माण गरिने एक हजार ६३ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजना र ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजनामा लगानी गर्दै छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu