site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मन्त्री बन्दै भारतका ‘सबैभन्दा धनी’ सांसद, उनको सम्पत्ति कति ? 

काठमाडौं । भारतका ‘सबैभन्दा धनी’ सांसद चन्द्रशेखर पेम्मासानी आइतबार मन्त्री बन्ने लगभग तय भएपछि उनको सम्पत्तिको चर्चा पुनः चुलिएको छ ।

भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीले आइतबार साँझ लगातार तेस्रोपटक प्रधानमन्त्री पदको शपथ लिँदै छन् । त्यसपछि आजै कम्तीमा ४३ जनाले मन्त्री पदको शपथ लिनेछन् ।

आइतबार मन्त्रीको शपथ लिनेको सूचीमा पेम्मासानीको पनि नाम छ । हालै सम्पन्न लोकसभा निर्वाचनमा उनी तेलुगु देशम पार्टीबाट विजयी भएका थिए ।

लोकसभा निर्वाचनताका नै पेम्मासानी चर्चामा थिए । चर्चामा रहनुको कारण थियो, उक्त निर्वाचनमा उमेदवारी दिनेमध्ये उनी सबैभन्दा धनी उमेदवार थिए ।

मन्त्री बन्ने भएपछि उनको सम्पत्तिको चर्चा फेरि चुलिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, उनको सम्पत्ति ५७ अर्ब भारतीय रुपैयाँ (९१ अर्ब २० करोड नेपाली रुपैयाँ)भन्दा बढी छ ।

मोदीले पेम्मासानीलाई राज्यमन्त्री बनाउन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । उनी आन्ध्र प्रदेशको गुन्टुर क्षेत्रबाट निर्वाचित भएका हुन् ।

उनले उस्मानिया विश्वविद्यालयबाट एमबीबीएस गरेका थिए । जोन हप्किन्स विश्वविद्यालय–सिनाई अस्पतालमा उनले फिजिसियनका रूपमा पाँच वर्ष सेवा गरेका थिए ।

४८ वर्षीय पेम्मासानी युवर्ल्डका संस्थापक तथा सीईओ हुन् । उनले सन् २०२० मा अमेरिकामा एक युवा उद्यमीका रूपमा अर्न्स्ट एन्ड योङ अवार्ड जितेका थिए । उनले पेम्मासानी फाउन्डेसन पनि स्थापना गरेका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro