site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानमा पहल गर्छौँ : देउवा
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न आफ्नो पार्टीले पहल गर्ने बताएका छन् ।

कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नवनिर्वाचित कार्यसमितिसँग शनिबार भएको भेटमा उनले वैदेशिक रोजगार व्यवसायीले भोग्नुपरेका समस्या समाधानका निम्ति पहल गर्ने बताएका हुन् । सभापति देउवाले समस्याबारे पार्टीले संसद्मा समेत कुरा उठाउने प्रतिबद्धता व्यक्त गरे ।

एसोसिएसनका अध्यक्ष दीपक थापाले एउटा म्यानपावर कम्पनीले वार्षिक १०० श्रमिकलाई अनिवार्य रूपमा विदेश पठाउनुपर्ने सरकारको नीतिले समस्या भएको गुनासो गरे । उक्त नीति पुनरवलोकनका निम्ति पहल गर्न उनले सभापतिसमक्ष आग्रह गरे । उनले म्यानपावर कम्पनीले बैंक तथा वित्तीय संस्थामा राखेको धरौटी रकम धेरै भएकाले त्यसमा समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याए ।

भेटमा पार्टी उपसभापति पूर्णबहादुर खड्का, पार्टीको वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागका प्रमुख प्रकाश रसाइली स्नेही, कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव एवं राष्ट्रियसभा सांसद कृष्णप्रसाद पौडेललगायत नेताको सहभागिता थियो ।

यसअघि, गएको बिहीबार वैदेशिक रोजगार व्यवसायी संघ र विभिन्न पार्टीनिकट व्यवसायी संघ–संस्थाका पदाधिकारीले श्रम तथा रोजगारमन्त्री डीपी अर्याललाई भेटेर वैदेशिक रोजगार व्यवसायका क्षेत्रमा देखिएका समस्या र समाधानबारे अवगत गराएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro