site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
देशभरका जग्गाको पुनः नापी गर्नुपर्छ : मन्त्री अधिकारी
फाइल तस्बिर ।

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वैज्ञानिक अभिलेखीकरणका लागि देशभरका जग्गाको पुनः नापी गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले देशभरका जग्गाको पुनः नापी गर्न जरुरी भएको बताएका हुन् । 

उनले २०२१ सालपछि गरिएको नापी अहिले अव्यवहारिक भइसकेको बताए । विगतमा गरिएको नापी अनुरुपको जग्गा जमिन तथा वनजंगल नभएको भन्दै वैज्ञानिक अभिलेखीकरणका लागि पुनः नापी गर्नुपर्ने उल्लेख गरे । नापीको बेलामा बस्ती भएको ठाउँ अहिले जंगलमा परिणत भइसकेको र जंगल भएको ठाउँ बस्तीमा रूपान्तरण भइसकेको भन्दै पुनः नापी गर्नुपर्ने औचित्य प्रस्ट्याए ।

Dabur Nepal
NIC Asia

उनले सरकारसँग जग्गा, जमिनको आधुनिक व्यवस्थापनको परिपाटी नभएको बताए । अझै पनि सरकारले परम्परागत शैलीबाट काम गरिरहेको भन्दै पुराना रेकर्डहरू नभेटिने अवस्था रहेको उल्लेख गरे ।

“हामीसँग आधुनिक व्यवस्थापन परिपाटी छैन । परम्परागत शैलीबाट काम गरिरहेका छौँ । त्यो शैलीमा के छ भने कतिपय पुराना रेकर्डहरू धमिरा लागेका छन् । यथार्थ भन्नुपर्दा कतिपय कार्यालयहरूमा फाइल खोज्न पठाउँदा, गलत धन्दाले काम भएका छन् । ती फाइल देखायो भने आफैँ कारबाहीमा परिन्छ । फाइल नै गायब छन्,” उनले भने, “हामी अहिले पनि २०१९, ०२१, ३४ सालको ऐनलाई हेर्छौ र त्यसले रोक्छ भन्छौँ । अनि यो संविधान बनाएको, कानुन बनाएको, परिवर्तन गरेको अर्थ त हुँदै भएन । त्यसकारण हामीले देशभरी पुनः नापी गर्नु जरुरी छ ।” 

मन्त्री अधिकारीले स्थानीय तहले आफ्नै खर्चमा वैज्ञानिक रूपमा नापी गर्न चाहेमा मन्त्रालयले बाटो फुकाउने पनि बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro