site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विद्युत् प्राधिकरणको सबस्टेसनभित्र झगडा, केही व्यक्ति घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४, बेतेस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा झगडा हुँदा केही व्यक्ति घाइते भएका छन् । बाह्रबिसे सबस्टेसनको कम्पाउन्डभित्र झगडा भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

बिहीबार (हिजो) बेलुका बाह्रबिसे नगरपालिका–२ का ४२ वर्षीय विकास तामाङसहित ९/१० जना स्थानीयको समूह उक्त सबस्टेसनमा पुगेको थियो । त्यहाँ उनीहरूले रकम मागेर झगडा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी एवं डीएसपी निरञ्जन भट्टराईले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनका अनुसार, उक्त सबस्टेसनमा खरिदकर्ताबाट ट्रान्समिटर खरिद गरी ल्याइएको थियो । त्यसबापत आफूहरूलाई रकम (कमिसन) दिनुपर्ने भन्दै स्थानीयले ट्रान्सपोर्ट कम्पनीका मानिससँग विवाद गरेका थिए ।

उक्त ट्रान्समिटर ल्याइएको गाडीलाई उनीहरूले सबस्टेसनको कम्पाउन्डबाट बाहिर निस्कन अवरोध गरेका थिए । त्यसक्रममा कर्मचारी र स्थानीयबीच झगडा भएको उनले बताए ।

झगडामा घाइते भएका बाह्रबिसे–२ का २६ वर्षीय विवेक तामाङ, सोही ठाउँका २१ वर्षीय मिलन तामाङ र उक्त स्थानकै ४२ वर्षीय विकास तामाङको उपचार जारी छ । धुलिखेल अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

“दुवै पक्षका केही मानिसलाई चोट लागेको थियो । त्यसमध्ये उहाँ (तीनजना)हरू अलि बढी घाइते हुनुभएको हो,” डीएसपी भट्टराईले बाह्रखरीसित भने, “अरू केहीलाई पनि सामान्य चोट लागेको छ ।”

वादविवाद गर्ने अरू व्यक्तिको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घटनामा कोही व्यक्ति पक्राउ परेका छैनन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro