site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘चेकिङ’का ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिएपछि...
फाइल तस्बिर ।

काठमाडौं । मकवानपुरमा ‘चेकिङ’मा रहेका ट्राफिक प्रहरीलाई मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते भएका छन् । बकैया गाउँपालिका–४, गोठखोलामा बिहीबार अपराह्न उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मकवानपुरकै गरगरेबाट छतिवनतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००४ प ४४५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । चेकिङमा रहेका अस्थायी ट्राफिक प्रहरी पोस्ट हात्तीसुँडेमा कार्यरत ३२ वर्षीय ट्राफिक प्रहरी जवान पदम रानामगर ठक्करबाट घाइते भएका हुन् ।

उपचारका निम्ति उनलाई हेटौँडा अस्पतालमा लगिएको थियो । त्यहाँबाट थप उपचारका निम्ति ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा ल्याइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

मोटरसाइकलका चालक बकैया–७ का ३९ वर्षीय उमेश लामिछाने र त्यसमा पछाडि सवार सोही स्थानका २४ वर्षीय सुरेश गौतमलाई पनि सामान्य चोट लागेको थियो । मोटरसाइकलका चालकले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro