site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा विश्वकप छनोट : दोस्रो लेगमा यूएईविरुद्ध नेपाल ४–० ले पराजित

काठमाडौं । फिफा विश्वकप छनोट २०२६ को दोस्रो चरणमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो लेगमा नेपाल ४–० ले पराजित भएको छ ।

बिहीबार साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाद रंगशालामा सम्पन्न खेलमा यूएईलाई जित दिलाउन हरिब अब्दल्लाह अलमुसारखले दुई गोल गरे । अलि सलेह र हजिम मोहम्मद अब्दुल्लाह अब्बासले एक गोल थपे ।

Dabur Nepal
NIC Asia

खेलेको १२औँ मिनेटमा हरिब अब्दल्लाह अलमुसारखले गोल गर्दै यूएईलाई अग्रतामा राखेका थिए । त्यसको दुई मिनेटपछि अलमुसारखले नै यूएईको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल बेहोरेको नेपालले दोस्रो हाफमा पनि दुई गोल बेहोर्‍यो ।

खेलको ५३औँ मिनेटमा अली सालेहले गोल गर्दै यूएईलाई ३–० को अग्रतामा राखेका थिए । यस्तै, ७५औँ मिनेटमा अब्बासले गोल गरेपछि यूएईले ४–० को जित निश्चित गरेको हो । यसअघि पहिलो लेगमा पनि नेपाल ४–० ले नै पराजित भएको थियो । छनोटमा नेपालको यो लगातार पाँचौँ हार हो । प्रतियोगितामा हालसम्म नेपालले १८ गोल बेहोर्दा एक गोल पनि गर्न सकेको छैन ।

छनोटको समूह 'एच'मा रहेको नेपाल तालिकाको पुछारमा छ । छनोटमा अपराजित यूएई भने १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  २३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro