राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुने भएका छन् ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
“सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णय भएको छ । अरू टोली निर्माण हुन्छ,” उनले भनिन् ।
भारतमा चुनाव चुनावपछि नयाँ सरकार गठन हुँदै छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१ १८:५५
प्रतिक्रिया दिनुहोस्