site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउछौँ : मन्त्री अधिकारी
फाइल तस्बिर ।

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पाँच दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो (बुधबार) बसेको सहकारी समस्या समाधानका लागि सरोकारवालाहरूको छलफलबाट आएको निष्कर्ष कार्यान्वयन गर्ने योजना ल्याएको बताएका हुन् । मन्त्रालय मातहत र सरोकारवाला निकायलाई निर्देशन दिएको भन्दै सोहीअनुसार आफूले ठोस योजना ल्याउने बताएका हुन् । 

मन्त्रालयका सचिव गोकर्णमणि दवाडीको संयोजन रहने गरी मन्त्रालयले सहकारी समस्या समाधानको ठोस योजना ल्याउने गृहकार्य सुरु गरेको छ । ठोस योजनालाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्को बैठकमार्फत निर्णय गराई सहकारी समस्या समाधानका लागि पहलकदमी लिने मन्त्री अधिकारीले बताए ।

मन्त्री अधिकारीले मन्त्रालयले कर्जा असुली न्यायाधिकरण गठन, स्वायत्त किसिमको नियमनकारी प्राधिकरणको गठन, कर्जा सूचना केन्द्रको स्थापना, सहकारीको यथार्थ विवरण संकलन गर्ने लगायतको ठोस कार्ययोजना तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro