site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ ।

जेठ २१ गते प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । मुख्यमन्त्री हिक्मत कार्कीले सभासमक्ष पेस गरेको प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सांसदहरू राजन राई, गोम्बु शेर्पा र निर्मला लिम्बूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री कार्कीले संशोधन प्रस्तावमा आएका विषय समेट्ने प्रतिबद्धता जनाएपछि ती प्रस्ताव फिर्ता भएका थिए ।

यसअघि मुख्यमन्त्री कार्कीले सदनमा उठेका जिज्ञासाको जावफ दिएका थिए । उनले मध्यपहाडी लोकमार्ग क्षेत्रमा पर्यटन र पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवाको व्यवस्थापन तथा कृषि उत्पादकत्वमा वृद्धि गरी स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको विकासमा जोड दिइने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro