site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकिङ क्षेत्रलाई व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएका हौँ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बैंकिङ क्षेत्रलाई थप व्यवस्थित बनाउन बैंकर्स र व्यवसायी छुट्याउने नीति लिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि भएको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा यस्तो बताएका हुन् । 

Dabur Nepal
NIC Asia

उनले स्वार्थ बाँझिने गरी बैंकर्स र व्यवसायी एकै खालको हुन नहुने विषय उठान भएकाले बैंकर्स र व्यवसायी छुट्याएर बैंकलाई थप व्यवस्थित गर्न खोजिएको बताए । यसका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंकको समन्वय र सरोकारवालाको राय परामर्शमा विधेयकमा नयाँ व्यवस्था गरिएको उल्लेख गरे ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विकसित वित्तीय प्रणाली, औजार, सुरक्षा र जोखिमका आधारमा वित्तीय संस्थाको प्रभावकारी व्यवस्था तथा नियमन गर्नको लागि ल्याएको उनको भनाइ थियो । 

“नेपालको समग्र बैंकिङ क्षेत्रको विश्वसनीयता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायित्व कायम गर्न, बैंक तथा वित्तीय संस्थाहरूको स्थापना, सञ्चालन, व्यवस्थापन र नियमन गर्न विधेयक ल्याएका हौँ । स्वार्थ बाँझिने गरी बैंकर्स र व्यवसायहरू एकै खालको हुने कुरालाई अलग गर्नुपर्छ भन्नेकुरा आएका छन् । सरकारले व्यवस्थित गर्न खोजिएको छ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro