site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सांसद राईको माग

काठमाडौं । नेकपा(एमाले)का सांसद मानवीर राईले लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमासांसद राईले सोलुखुम्बुस्थित लुक्ला विमानस्थलको उच्च प्राथमिकताका साथ स्तरोन्नति गर्न सरकारसँग माग गरेका हुन् ।

सगरमाथा घुम्न जाने पर्यटकहरूले यही विमानस्थलको प्रयोग गर्ने भन्दै उनले एकपटक आएका पर्यटक पुनः विमानस्थलमा नआउने गरेको बताए । उनले पर्यटन विकासको मुख्य आधार नै सगरमाथा रहेको उल्लेख गर्दै यस विमानस्थलाई सगरमाथाको पहुँचमार्गको रूपमा लिएर स्तरोन्नति गर्नुपर्ने बताए । 

Dabur Nepal
NIC Asia

“संसारका पर्यटकहरू सगरमाथा घुम्न आउँछन् । तर, एकमात्र हवाइ यात्रा लुक्ला एयरपोर्ट छ । सानो एयरपोर्ट छ । दुःख कष्ट सहेर त्यो क्षेत्रमा पर्यटक आउन बडो गाह्रो मान्ने परिस्थिति छ । पर्यटन विकास हाम्रो मुलुकको आधार हो भने यसलाई प्राथमिकता दिनुपर्छ । गएको सालको बजेटले त्यसलाई समेट्न सकेन । अहिले मन्त्रीज्यूले प्राथमिकतामा राखेको छु भन्नुभएको छ । प्राथमिकतामा मात्रै होइन उच्च प्राथमिकतामा राखेर सगरमाथाको पहुँचमार्ग भनेर उल्लेख गर्नु जरुरी छ,” सांसद राईले भने । 

उनले सरकारले कृषि क्षेत्र र जलविद्युत्को क्षेत्रलाई पनि प्राथमिता दिनुपर्ने बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro