
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू निलो रिबन भिरेर प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन् । जसका कारण बैठक नै स्थगित गर्नुपर्ने अवस्था आएको छ ।
बैठक सुरु भएको घोषणालगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्कीलाई बोल्न समय दिएका थिए । उनले बोलिसकेपछि रास्वपा र राप्रपाका सांसद फेरि उभिए ।
लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले निलाे रिबन लगाएर बैठकमा सहभागी भएको भन्दै नियमापत्ति जनाए । उनलाई समय दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले वेल घेराउ गरेका थिए ।
त्यसपछि सभामुखले बैठक ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी