site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ठमेल कसरी बन्दैछ विदेशी महिलाको अवैध धन्दाको अखडा ?

काठमाडौं । आन्तरिक र बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति हुने काठमाडौंको ठमेल बजार शुक्रबार र शनिबारको साँझ झन् झकिझकाउ हुन्छन् । शनिबार सरकारी विदा हुने भएकाले शुक्रबार नाइट क्लब जाने र रमाइलो गर्ने जमातका लागि विशेष दिन हो । त्यसरी रमाइलो गर्ने समूहमा युवायुवतीदेखि पाको उमेरसम्मका हुन्छन् ।

त्यही मौका छोपेर रमाइलो गर्न मात्र होइन, अवैध शारीरिक सम्बन्ध (मोलमोलाई) का लागि पनि कतिपय ठमेल पुग्ने गर्छन् । त्यो नौलो कुरा पनि होइन । गएको शुक्रबारको दृश्य भने भिन्न थियो । शुक्रबार नाइट क्लब जाने र क्लबबाट फर्किने युवाहरूलाई टार्गेटमा पारेर यौन सम्बन्धका लागि मोलमोलाई गर्ने समूहमा नेपालीसहित विदेशी महिलासमेत देखिए ।

विदेशी महिलाले पनि त्यसरी सडक छेउमै उभिएर क्लबबाट फर्किँदै गरेका युवाहरूलाई हैरानी दिँदै गरेको दृश्य प्रहरीले पनि हेरिरहेका थिए । 

Dabur Nepal
NIC Asia

कानुनले बन्देज गरेको क्रियाकलाप सडक छेउमै मोलमोलाई गरेर होटलसम्म पुगेको प्रहरीले देख्यो । त्यसपछि सडक छेउमा उभिएर अवैध क्रियाकलापका लागि मोलमोलाई गर्ने महिलालाई नियन्त्रणमा लिन अपरेशन नै चलायो ।

जसमा २१ जना महिला पक्राउ परे । त्यसमध्ये नौ जना विदेशी महिला रहेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । 

पक्राउ परेका विदेशी महिलासहित २१ जनामाथि प्रहरीले अभद्र मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति पाएको छ ।  पक्राउ परेका विदेशी महिलाहरूमा आठ जना युगान्डा तथा एकजना केन्याकी महिला छन् ।

प्रहरीका अनुसार, उनीहरूले ठमेल तथा दरबारमार्ग क्षेत्रलाई प्रमुख आधार क्षेत्र बनाएर अवैध गतिविधि सञ्चालन गरेको पाइएको छ । पक्राउ पर्नेमा २६ वर्षदेखि ५४ वर्षसम्मका अफ्रिकी महिला छन् ।

मदिराले लठ्ठिएका युवाहरू मुख्य टार्गेटमा

प्रहरीको अनुसन्धानबाट पक्राउ परेका महिलाहरूले नाइट क्लबबाट मदिरा सेवन गरेर फर्किएका युवाहरूलाई मुख्य टार्गेट बनाएर शारीरिक सम्बन्धका लागि बार्गेनिङ गर्ने गरेको खुलाएको छ । 

उनीहरूले आफैँ बार्गेनिङ गर्ने र आफैँले बुक गरेको कोठासम्म युवाहरूलाई पुर्‍याउने गरेको पाइएको हो । 

जसमध्ये पक्राउ परेका विदेशी महिलाहरू भ्रमण भिसामा नेपाल आउने र नेपाल बस्दा अवैध धन्दा चलाएर फर्किने गरेको पाइएको हो । त्यसरी अवैधधन्दा चलाउनेहरूमा अधिकांश अफ्रिकीमूलका महिला भएको अनुसन्धानमा खटिएका प्रहरीले बताए । अफ्रिकी महिलाबाहेक अन्य कतिपय देशका महिलासमेत त्यस्तो धन्दामा लागेका छन् । 

हाल पक्राउ परेका युगाण्डाका महिलाहरू तीन महिनाको पर्यटक भिसामा आएकाहरू छन् । उनीहरू आफ्नो देशबाट त्यही काम गर्ने योजनाअनुसार नै आउने गरेको प्रहरीको दाबी छ । पछिल्लो समय नेपालीबाहेक विदेशी महिलाको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको छ । 

ठमेलका होटलहरूमा बस्ने र युवाहरूलाई विभिन्न प्रभावमा पारेर अवैध गतिविधि गर्न थालेपछि निगरानीमा राखिएको हो । प्रहरीसँगको बयानका क्रममा विदेशी महिलाहरूले नेपाली युवाहरूलाई प्रलोभनमा पार्न सहज हुने र खर्चसमेत गर्ने देखेपछि अवैध धन्दामा लागेको बयान दिएका छन् । 

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त लैनचौरमा राखेर अनुसन्धान जारी राखिएको छ । उनीहरू सबै तीन महिनायता मात्रै आएको खुलेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro