site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकप छनोट : नेपाल र यूएई भिड्दै
फाइल तस्बिर ।

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदै छ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रंगशालामा नेपाली समयानुसार राति ९ः४५ बजे खेल सुरु हुनेछ ।

नेपाल र यूएईबीच यसअघि यूएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यूएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

Dabur Nepal
NIC Asia

फिफा वरीयतामा यूएई ६७औँ स्थानमा छ । नेपाल १७८औँ स्थानमा छ ।

नेपाली टोलीमा गोलरक्षक किरण चेम्जोङ (कप्तान)सहित विशाल सुनार र अभिषेक बराल छन् । यस्तै, डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन् ।

यसैगरी, मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशीष राई छन् । फरवार्डमा जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशीक बाबु चौधरी छन् । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro