site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्डमाथि भारतको सहज जित

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतले आयरल्यान्डमाथि आठ विकेटको सहज जित निकालेको छ । बुधबार न्यूयोर्कमा ९७ रनको लक्ष्य पाएको भारतले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रन बनाए । यसैगरी, रिशव पन्तले ३६ रन बनाउँदा सूर्यकुमार यादवले दुई र विराट कोहलीले एक रन बनाए ।

Dabur Nepal

बलिङतर्फ आयरल्यान्डका मार्क आडैर र बेन ह्वाइटले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर सुरुमा ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाएर ९६ रनमात्र बनाएको थियो ।

भारतीय बलरसामु निरीह देखिएका आयरल्यान्डका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेख्य बन्न सकेन । आयरल्यान्डका ग्यारेथ डेलानीले २६ रन बनाए । जस लिटिलले १४, कर्टिस क्याम्फेरले १२ र लोर्कान टकरले १० रन थपे ।

आयरल्यान्डलाई सस्तैमा समेट्न हार्दिक पन्ड्याले तीन विकेट लिए । चार ओभर बलिङ गरेका पन्ड्याले एक मेडन फ्याक्दै २७ रन खर्चिए ।

अर्शदीप सिंह र जसप्रित बुमराहले समान दुई विकेट लिए । मोहम्मद सिराज र अक्षर पटेलको नाममा समान एक विकेट रह्यो ।

प्रतियोगिताको समूह 'ए'मा रहेका दुवै टिमको यो पहिलो खेल हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro