site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयोजक टोलीलाई हराउँदै एपीएफ टाइगर कपको फाइनलमा

काठमाडौं । आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लब पोखरामा जारी एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान पोखरा रंगशालामा भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो । तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित्दै एपीएफले फाइलन यात्रा तय गरेको हो ।

खेलको ‘टाइगर अफ द म्याच’ निरुता ठगुन्ना र ‘स्पाइकर अफ द म्याच’ सरस्वती चौधरी घोषित भइन् ।

पराजित आयोजक टाइगर ग्रुपले शनिबार फाइनल प्रवेशका निम्ति टिपटक न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro