site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहित चारजना भ्रष्टाचारी ठहर

काठमाडौं । सप्तरीको सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख रहेका सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देव, तत्कालीन इन्जिनियर मदन राय र सबइन्जिनियर सरोजकुमार यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर ४ मा पर्ने बाटो ३०० मिटर कालोपत्रे गर्ने क्रममा आयोजनाको ठेक्का इस्टिमेट र योजनाको सम्झौताबाटै बदनियत राखेर कम काम गरी बढी गरेको प्राविधिक मूल्यांकन प्रतिवेदन बनाएर तीन लाख ४७ हजार बढी भुक्तानी दिएको अभियोगमा उनीहरू दोषी ठहर भएका हुन् ।

अख्तियारले उनीहरू सबैलाई तीन लाख ७० हजार असुलउपर गरी जरिवाना र कैद सजाय माग गरेको थियो । तर, विशेष अदालतले तीन लाख ७० हजार बिगो कायम गरी दामासाहीमा ८६ हजार ७५० जरिवाना र तीन महिना कैदको फैसला गरेको छ ।

इन्जिनियर मदन राय र सबइन्जिनियर सरोजकुमार यादवले गलत प्रतिवेदन बनाएको अभियोगमा थप तीन महिना कैद र १० हजार जरिवानाको फैसला सुनाइएको छ ।

यस्तै, कम काम गरेर बढी गरेको रिपोर्ट पेस गरी बढी भुक्तानी लिएका कुन्जा कन्स्ट्रक्सनका प्रोपराइटर गोविन्दप्रसाद मण्डल पनि दोषी ठहर भएका छन् । उनलाई अख्तियारले तीन लाख ४७ हजार नै बिगो कायम गरी मुद्दा दायर गरेकोमा अदालतले ८६ हजार ७५० जरिवानामात्र हुने फैसला गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro