खेल
काठमाडौं । इटालियन क्लब नापोलीले एन्टोनियो कोन्टेलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
चेल्सी तथा टोटनहमका पूर्वप्रशिक्षक कोन्टेलाई नापोलीले तीन वर्षको सम्झौतामा क्लब भित्र्याएको हो । यसअघि कोन्टेले सन् २०२३ मा १६ महिनाको सहकार्यपछि आपसी सहमतिमा टोटनहमको जिम्मेवारी छोडेका थिए ।
“नापोली विश्वव्यापी महत्त्व भएको ठाउँ हो । म क्लबको बेन्चमा बस्नका लागि उत्साहित र खुसी छुँ,” नापोलीको प्रशिक्षकमा नियुक्त भएपछि कोन्टेले भने, “म मेरो टिम र क्लबको उच्च विकासका लागि काम गर्नेछु भन्ने आश्वासन दिन चाहन्छु ।”
उनले सन् चेल्सीबाट प्रशिक्षणको पहिलो सिजनमै इंग्लिस प्रिमियर लिग र दोस्रो सिजन एफए कपको उपाधि जितेका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ १७:१०
प्रतिक्रिया दिनुहोस्