
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एसोसियसन र रानीपोखरी कर्नर टिम (आरसिटी)ले बराबरी खेल्दै अंक बाँडेका छन् ।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा मध्यपुर र आरसिटीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टोलीले थुप्रै अवसर सिर्जना गरे पनि गोल निकाल्न सकेन ।
१२औँ मिनेटमा आरसिटीका निकिल तामाङ गोल गर्नबाट चुके । उनले १८ यार्ड बक्सभित्र गरेको प्रहार पोष्टको बायाँ बारमा लाग्दै मैदानबाट बाहिरियो ।
१८औँ मिनेटमा मध्यपुरका प्रज्वल थापा मगरले सुनौलो अवसर गुमाए । उनले पेनाल्टी बक्सभित्र विज्ञान खड्काको पासमा प्रहार गरेको प्रहार आरसिटीका गोलकिपर आकाश रानाभाटले सहजै बिफल बनाइदिए ।
२४औँ मिनेटमा आकाशले पुन मध्यपुरको प्रहार बिफल पारिदिए । उनले मध्यपुरका प्रज्वल थापाले पोष्टको बाँया टप कर्नरमा गरेको प्रहार बचाए ।
३४औँ मिनेटमा आरिसिटीका विवेक राईले सुनौलो अवसर गुमाए । उनले निकिल तामाङको क्रसमा पेनाल्टी बक्सभित्र गरेको हेडिङ प्रहार मध्यपुरका गोलकिपर अमर बहादुर नेवारले सुरक्षित ढगंबाट नियन्त्रणमा लिए ।
बराबरीसँगै दुवै टोलीले तालिकामा आफ्नो स्थान यथावत् राखेका छन् । तालिकामा मध्यपुरले आठ अंक बनाउँदै आफ्नो दशौँ स्थान यथावत् राखेको हो ।
मध्यपुरले कुल सात खेलमा दुई जित र एक बराबरीबाट सात अंक बनाएको छ । आरसिटी भने पाँच अंक बनाउँदै रेलिगेसन जोनमा सीमित छ ।