site stats
बाह्रखरी :: Baahrakhari
कला
‘गाउँ आएको बाटो’ले किन पाएन धेरै शो ? 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’को अग्रिम बुकिङ खुला भएको छ । जेठ २५ गतेबाट रिलिज हुने चलचित्रको अग्रिम बुकिङ खुला भएको हो । 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो चलचित्रलाई उल्लेख्य शो प्रदान गरेको छैन । काठमाडौंमा १५ र बाहिर २३ शो उपलब्ध गराएको छ । क्यूएफएक्स देशभरका आउटलेटमा जम्मा ३८ शो पाएको छ । 
 
पूर्वी नेपालमा भने यो चलचित्रले धेरै शो पाएको छ । 

क्यूएफएक्सले विर्तामोडमा ५ र इटहरीमा ४ शो दिएको छ । 

देशकै दोस्रो ठूलो चेन आईएनआईले ९ शो दिएको छ । केही हलले भने बुकिङ खुलाउन बाँकी छ । 

अहिले पनि ‘फर्की फर्की’ र ‘पुजार सार्की’मा दर्शक आइरहेकाले हाइपको तुलनामा नवीनको सिनेमा ‘गाउँ आएको बाटो’ले अपेक्षित शो नपाएको हो । 

नवीन सुब्बाको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रशन राई मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्