site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फारुकीको घातक बलिङप्रेरित अफगानिस्तान १२५ रनले विजयी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । फजलहक फारुकीको घातक बलिङप्रेरित अफगानिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकपमा युगान्डाविरुद्ध १२५ रनको फराकिलो जित निकालेको छ ।

मंगलबार गुयनास्थित प्रोभिडेन्स रंगशालामा अफगानिस्तानले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले १६ ओभरमा सबै विकेट गुमाएर ५८ रन मात्र जोड्न सक्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

युगान्डाका रोबिन्सन ओबुयाले १४ र रियाजत अली साहले ११ रन बनाए । युगान्डाका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । युगान्डाका तीन ब्याटर ‘गोल्डेन डक’ भएका थिए ।

युगान्डालाई सस्तैमा समेट्न अफगानिस्तान फारुकीले पाँच विकेट लिए । घातक बलिङ गरेका उनले चार ओभरमा नौ रन मात्र खर्चिए । नविन उल हक र कप्तान राशिद खानले समान दुई विकेट लिए । मुजिब उर रहमानको नाममा एक विकेट रह्यो ।

Global Ime bank

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८३ रन बनाएको थियो ।

अफगानिस्तानका ओपनरद्वय रहमनुल्लाह गुर्बज र इब्राहिम जद्रान दुवैले अर्धशतक प्रहार गरे । गुबर्जले ४५ बलमा समान चार चौका र छक्कासहित ७६ रन बनाए । जद्रानले ४६ बलमा नौ चौका र एक छक्का प्रहार गरे । यी दुईले पहिलो विकेटका निमित १४.३ ओभरमा १५४ रनको साझेदारी गर्दै अफगानिस्तानलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । मोहम्मद नाबीले १४ रन थपे ।

युगान्डाका कोस्मोस क्युवुटा र ब्रियन मासाबाले समान दुई विकेट लिए । अल्पेस रामजानीले एक विकेट हात पारे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय