site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहमति वा चुनाव जे भए पनि महासचिवको दाबेदार मै हुँ

काठमाडौं । यतिखेर नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनको संघारमा छ ।  पार्टी नेतृत्व निम्ति नेताहरू आफ्नो दाबेदारी प्रस्तुत गर्दैैछन् ।  अध्यक्षमा माधवकुमार नेपालको स्वभाविक दाबी छ । 

उता ‘सम्मानित नेता’ झलनाथ खनाल अध्यक्षको दौडबाट बाहिरिँदै महासचिव घनश्याम भुसाललाई औपचारिक समर्थन गरेका छन् ।  अध्यक्षमा नेपाल र भुसालबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ, चुनाव भएको खण्डमा ।

त्यसअतिरिक्त पदाधिकारीका निम्ति पनि आफ्नो आकांक्षा प्रस्तुत गर्न थालेका छन् ।  पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफू महासचिवको दाबेदार रहेको बताए ।  बाह्रखरीसँगको कुराकानीमा उनले चुनाव नै भए पनि महासचिवको उमेदवार बन्ने बताए । प्रस्तुत छ, खतिवडासँगको संक्षिप्त कुराकानी :

–महाधिवेशनको दिन नजिकियो तयारी कस्तो हुँदैछ ?

महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।  प्रतिनिधिहरूको नामावली संकलन भइसकेको छ । अरु व्यवस्था पनि भइसकेको छ ।  यही असार १६ गते ११ बजे भृकुटीमण्डपमा भेला हुनेछौं र जुलुस गर्दै प्रज्ञा भवन कमलादी जानेछौं । 

सबै दलहरूलाई निमन्त्रणा पुगिसकेको छ । उद्घाटन सत्र १६ गते सुरु हुनेछ । 

–महाधिवेशन भन्ने बित्तिकै नेतृत्व चयनको विषय आउँछ । नेतृत्वबारे छलफल सुरु भयो ? 

धेरैले आफ्नो कुरा बोलेका छैनन् । अध्यक्ष पदमा आ–आफ्नो दाबी आइसकेको छ ।  हिजोदेखि नयाँ ट्विस्ट पनि देखिएको छ ।  माधवकुमार नेपाल पार्टी अध्यक्ष बन्ने सुनिश्चित जस्तै छ ।  उहाँले आफ्नो उमेदवारी दाबी गरिसक्नुभएकै छ । 

घनश्याम भुसालले पनि दाबी गर्नुभएको देखिएको छ ।  जतिसुकै चर्चा गरे पनि औपचारिक घोषणा गर्ने गरी आफ्नो कार्यक्रम ल्याउनुभएको छैन ।

–सहमतिमा महाधिवेशन टुंगिएला कि चुनाव हुने परिस्थिति बन्दैछ ? 

चामत्कारिक ढंगले रातारात छलफल भएर सहमति हुन सक्ने सम्भावना सधैँ जीवित रहन्छ नै ।  हाम्रो प्रयास पनि सहमतिमा नेतृत्व चयन होस् भन्ने रहन्छ ।  अबको पाँच वर्षका लागि उपयुक्त पात्र अध्यक्ष हुने हो । 

त्यसका लागि अरुले त्याग गर्नुपर्छ । त्यो कतिको सम्भव छ भन्न गाह्रै छ ।  तर, सामान्य रुपमा हेर्ने हो भने कार्यकर्ताको जिज्ञासाले परिस्थिति निर्वाचनतिर धकेलिएको जस्तो देखिन्छ ।
 
–प्यानलगत प्रतिस्पर्धा नै भए तपाईं कताको उमेदवार ?  

यसपटकको महाधिवेशनमा निर्वाचन व्यक्तिगत लडिनेछ । प्यानल बनाइने छैन । अनौपचारिक रुपमा कोही कोहीसँग नजिक हुन सक्छन् । औपचारिक रुपमा प्यानल बन्नेछैन । पहिले थियो । प्यानल बनाउन पाइने छैन । 

अब अध्यक्षका उमेदवारले सहयोग गर्ने कि स्वतन्त्र छाडिदिने उहाँहरूको कुरा हो । 

–तपाईंको व्यक्तिगत तयारी चाहिँ कुन पदका लागि हो ? 

म महासचिवको दाबेदार हुँ । समग्र पदाधिकारीमा सहमति भए त्यस अनुसार नै महासचिवको दाबेदार हुँ ।  चुनाव नै भए पनि महासचिवमा उमेदवारी पेस गर्छु ।  यतिखेरसम्म कसैले सार्वजनिक रुपमा महासचिवको दाबेदारी प्रस्तुत गर्नुभएको छैन आन्तरिक रुपमा आफूलाई भनिरहेका होलान् !

–घनश्याम भुसालले महासचिव पद सुरक्षित गर्न अध्यक्षको दाबी गर्नुभएको भनि टिप्पणी हुन थालेको छ नि !

उहाँले कसैसँग केही भन्नुभएको छैन । अनुमान त जे सुकै गर्छन् ।  उहाँले महासचिवमा दाबी गर्न अघि सर्नुभएको छैन ।  अध्यक्षका लागि महासचिव पद अढाइ महिनाअघि नै छाडिसक्नुभयो भन्ने लाग्छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro