site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार यसरी छुट्याइयो एसईईको नतिजा 

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई २०८० को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीवार नतिजा सार्वजनिक गरेको हो । 

योवर्ष एसईईको नतिजार्मा  लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार विद्यार्थीको ग्रेडिङ गरिएको छ । 

निर्देशिका अनुसार सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत र विद्यालयले गर्ने आन्तरिक मूल्यांकनमा कम्तीमा ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था छ । नतिजामा सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको अंकलाई छुट्टाछुट्टै ग्रेडिङ गरिएको छ । 

दुवैतर्फ योभन्दा कम प्रतिशत ल्याउनेको मार्कसिटमा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ ।  लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार विद्यार्थीको प्राप्तांक प्रतिशतका आधारमा आठवटा स्तरीकृत अंक (जीपीए) र अक्षर ग्रेड (लेटर ग्रेड) छुट्याइएको छ । 

जसमध्ये सैद्धान्तिक र आन्तरिक दुवैतर्फ ९० र सोभन्दा माथि प्रतिशत प्राप्त गर्नेलाई ४.० जीपीए दिइनेछ । ४.० जीपीए ल्याउने विद्यार्थीको ग्रेडिर्ङ ए प्लस’ हुनेछ, यसलाई सर्वोत्तम उपलब्धि मानिएको छ । 

यस्तै ८० देखि ९० प्रतिशत ल्याउनेको जीपीए ३.६ र ग्रेर्ड ए’ हुनेछ भने ७० देखि ८० सम्म प्रतिशतलाई ३.२ जीपीए दिइनेछ, उनीहरुको ग्रेर्ड बी प्लस’ हुनेछ । 

यस्तै ६० देखि ७० सम्म ल्याउनेको जीपीए २.८ र ग्रेर्ड बी’, ५० देखि ६० ल्याउनेको जीपीए २.४ र  ग्रेर्ड सी प्लस’, ४० देखि ५० सम्म ल्याउनेको जीपीए २.० र ग्रेड ‘सी’, ३५ देखि माथि ४० सम्म ल्याउनेको जीपीए १.६ र ग्रेर्ड डी’ कायम हुनेछ । 

सैद्धान्तिकतर्फ ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेको ग्रेड तोकिने छैन अर्थात् ग्रेडको वर्गमा नन ग्रेडेड र जीपीएको वर्ग खाली राखिनेछ ।  प्रत्येक विषयमा आन्तरिकतर्फ न्यूतनम सी र सैद्धान्तिकतर्फ डी ग्रेड प्राप्त नगरेसम्म विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । 

मूल प्रमाणपत्र प्रप्त नगरी उच्च शिक्षा अध्ययन गर्न पाइने छैन । यसअघिका वर्षहरुमा प्रमाणपत्रमा इ ग्रेडसम्मको ग्रेडिङ थियो भने नन ग्रेडेडको प्रावधान थिएन ।  दुईवटा विषयमा नन ग्रेडेड नतिजा आएका विद्यर्थीले तीन पटकसम्म ग्रेडवृद्धि परीक्षा दिन पाउँछन् । 

दुईभन्दा बढी विषयमा नन ग्रेडेड भएका वा तत्काल हुने ग्रेडवृद्धि परीक्षामा पनि न्यूनतम ग्रेड पाउन नसकेका विद्यार्थीले नियमित कक्षामा सहभागी भइ पढ्नुपर्नेछ । उनीहरुले अर्को वर्ष हुने एसईईमा सबै विषयमा परीक्षा दिन पाउनेछन् । 

यदी विद्यार्थी सैद्धान्तिकतर्फको परीक्षामा सामेल हुन नपाएमा उसको आन्तरिक तथा प्रयोगात्मकतर्फको अंक तीन वर्षसम्म कायम रहनेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro