site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
...अनि ओलीलाई बालेनले भने– गुडनाइट केपी बा !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोमबार बिहान नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर सामाजिक सञ्जालमा एउटा पोस्ट राखे । जहाँ उनले ‘१० हजार करोड काण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाइएको आरोप लगाएका थिए ।

खासमा उनले न्युरोडमा महानगरले विस्तार गर्न लागेको फुटपाथ निर्माणमा अवरोध गरेको विषयलाई लिएर आक्रोश पोखेका थिए ।

“यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नुभएछ,” बालेनले लेखेका थिए ।

उनले त्यतिमात्र भनेन् । "...अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त पहिले पनि जेल बस्नुभएको हो । धन्यवाद,” उनले लेखेका छन् ।

सोमबार अपराह्न संसद् भवन परिसरमा सञ्चारकर्मीले ओलीलाई गिरीबन्धु टी–स्टेटको विषमा प्रश्न गरे । तर, आक्रोशित देखिएका ओलीले संक्षिप्त जवाफ दिए– बालेनलाई सोध्नू ।

सोमबार साँझतिर ओलीले पत्नी राधिका शाक्यसँगको फोटो फेसबुकमा राख्दै आफूले एक हप्तादेखि सामाजिक सञ्जाल नचलाएको बताएका छन् ।

"फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ । राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो । यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ । शुभरात्रि ।"

ओलीको पोस्ट मेयर बालेनले पनि कमेन्ट गरेका छन् । उनले लेखेका छन्, "ओहो ! गुडनाइट केपी बा, ह्याभ अ स्विट ड्रिम ।"

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro