site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आक्रोशित ओली भन्छन्– गिरीबन्धुका बारे बालेनलाई सोध्नू

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग सोध्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् । 

सोमबार संसद् भवन परिसरमा गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ भनी सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले बालेनलाई सोध्नु भन्दै संक्षिप्त प्रतिक्रिया दिए ।  गिरीबन्धु सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा ओली आक्रोशित हुँदै भने– बालेनलाई सोध्नू । 

त्यसबाहेक उनले कुनै टिप्पणी गर्न चाहेनन् । 

सोमबार सामाजिक सञ्जालमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाउदै पीडितको बैना फिर्ता गर्न सुझाव दिएका थिए । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro