site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेटले जनताको जीवनशैलीमा आमूल परिवर्तन ल्याउने विश्वास छ : सांसद यादव

काठमाडौं । सत्ताको नेतृत्वको गरिरहेको दल नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्र राय यादवले प्रत्येक खेतमा सिँचाइको व्यवस्था बजेटमा गर्न सक्नुपर्ने बताएका छन् । कृषिप्रधान देशमा किसान भोकै भएको उनले उल्लेख गरे । उनले सबै सांसदले आफ्नो निर्वाचन क्षेत्रमा १० बिघा क्षेत्रमा सामूहिक खेतीमा प्राथमिकता दिनुपर्ने बताए ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलका क्रममा उनले ऊर्जा क्षेत्रमा आत्मनिर्भर हुने गरी बजेट ल्याइएको बताए । १० वर्षमा पाँच लाखजनालाई प्रत्यक्ष रोजगारी दिने विषयले जनतामा उत्साह थपेको उनको भनाइ थियो ।

बजेटले सुशासन, सामाजिक न्याय र समृद्धिको आधार कोरेको भन्दै उनले नेपाली जनताको जीवनशैलीमा आमूल परिवर्तन ल्याउने विश्वास आफूलाई भएको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेपाली जनतामा भएको आशंकालाई बजेटले निरूपण र दिशानिर्देश गरेको पनि जिकिर गरे ।

जनताको तीव्र विकासको आकांक्षा पूरा गर्ने गरी ल्याइएको बजेट समाजवादउन्मुख भएको उनले बताए । उनले बजेट उत्कृष्ट भएको भन्दै नेपाली जनताको विश्वास र भरोसा कायम गर्ने उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro